स्याङ्जा । वालिङ नगरपालिकामा गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।नगरपालिका ५ लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाई खसेका थिए ।
उनको शव वालिङ ६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
ती युवक रुपन्देही जिल्ला घर भई हाल वालिङ ७ केवरेस्थित भिनाजुको घरमा बस्दै आएका प्रहरीको भनाइ छ ।