काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिनुपर्ने पक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहालदेखि बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालहरु एकढिक्का भएर मोर्चाबन्दीमा लागेका छन् । स्थायी समिति बैठक जारी छ ।स्थायी समिति बैठकबाट उनलाई राजीनामा दिन दबाब बढिरहेको छ ।
यसैक्रममा प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ती नगरेको’ बताएका छन् । मदन भण्डारी फाउन्डेसनद्धारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नक्सा सच्याए वापत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालभित्रैका शक्तिहरु अहिले लागिपरिरहेको आरोप लगाएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, दूताबासको सक्रियता हेर्नुस्, त्यसले बताएको छ । ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछस् भनेको छ भने, यो नसोचे हुन्छ ।’
, ‘अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ । संविधान संशोधन गरेर नक्सा सच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ । यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ ।’
उनले थपे, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो । हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकाउमा फस्ने छैन । कोसिस गर्नेलाई गर्न दिउँ ।’
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend