Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • अष्ट्रेलियन ओपनः विश्व नम्बर एक बार्टी चौथो चरणमा


    शुक्रबार, माघ ७ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अष्ट्रेलियन विश्व नम्बर एक अस्ले बार्टी शुक्रबार अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छिन् ।

    मेलबर्न पार्कमा भएको खेलमा बार्टीले इटालियन क्यामिला जियोर्जीलाई ६-२, ६-३ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश पाइन् । 

    बार्टी गत वर्ष ओपनको क्वार्टरफाइनलबाट बाहिरिए पनि विम्बल्डन च्याम्पियन बनेकी थिइन् । सन् २०१२ देखि ग्रान्डस्लाममा डेब्यु गरेकी बार्टीले सन् २०२० मा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी थिइन् ।

    चौथो चरणमा बार्टीले अमेरिकी अमान्डा अनिसिमोभा र जापानकी नाओमी ओसाकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । ओसाका ओपनकी साविक विजेतासमेत हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार