काठमाडौँ । नेपालमा हालसम्म चार इन्सपेक्टरसहित ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विशेषगरी क्वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरीमा संक्रमण देखिएको हो ।
संक्रमित प्रहरीहरु मध्ये ४१ जना डिस्चार्ज भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् । यस्तै महोत्तरीका २, जुम्लाका २, जाजरकोटका १, सुर्खेतका ४, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका १, काठमाडौंका ५ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ महिला र ७३ पुरुष छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ५० जना प्रहरी क्वारेन्टिनमा छन् ।
पछिल्लो पटक महानगरीय अपराध महाशाखामा पनि संक्रमण देखिएको छ । पूर्ण रुपमा सतर्कतासहित डिउटीमा खटिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।