Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कारावाओ कपको फाइनलमा लिभरपुल र चेल्सी भिड्ने, आर्सनल पराजित


    शुक्रबार, माघ ७ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ । 

    बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछि लिभरपुलले ६ वर्षपछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो । 

    भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।

    यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो   । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रबेश गरिसकेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार