काठमाडौं । देशको पछिल्लो स्थितिबारे छलफल गर्नका लागि नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसले २०७७ साल फागुन ७ गतेदेखि महाधिवेशनको मिति तोकेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुनसकेका छैनन् । महाधिवेशनका लागि गत चैतबाटै क्रियाशील सदस्यता वितरण र नवीकरण गर्नुपर्ने काम रोकिएको छ । आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति सार्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
२०७७ फागुन ७ को महाधिवेशन टार्ने खेलमा देउवा छन् । घोषित मितिमा महाधिवेशन नभएमा २०७८ मा स्थानीय तहको निर्वाचनको बहानामा पुनः सार्ने मौका देउवालाई प्राप्त हुनेछ । विधानतः ४ बर्ष र थपिएको १ बर्षभित्र महाधिवेशन गर्नुपर्ने भए पनि त्यसबीचमा राप्रपाका सुनिलबहादुर थापा लगायतका केही नेतालाई पार्टी प्रवेश गराउने दाउमा उनी छन् । अर्को पार्टीसँग एकता गरेपछि निर्वाचन आयोगबाट ५ बर्षसम्म महाधिवेशन गर्ने समय पाउनेछन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend