Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगो तापिरहेका बेला ढिस्कोले पुरिएर बुटवलमा दुई जनाको मृत्यु, तीन घाइते


    बिहिबार, माघ ६ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ । 

    बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो ।  मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका  छन् । त्यस्तै, घटनामा परी तीनजना घाइते भएका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पु-याएपछि मृत्यु भएको हो । 

    उनीहरु तिनाउ नदी किनारमा आगो तापेर बसिरहेका थिए । घटनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।

    ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।  स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार