काठमाडौं । बितेको २४ घन्टामा ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शनिबार आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज संक्रमित हुनेमा १ सय २० महिला र ४ सय ३४ पुरुष छन् ।
यससँगै कोरोना संक्रमितको संख्या नेपालमा १२ हजार ३०९ पुगेको छ । जसमा महिलाको संख्या १ हजार ३७९ छ भने पुरुष १० हजार ९४० संक्रमित भएका छन् ।
कोरोना संक्रमणबाट निको भर्ई २ हजार ८ सय ३४ घर फर्किएका छन् । जसमा २ हजार ५९२ पुरुष र २ सय ४२ महिलाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
२२ वटा प्रयोगशालाबाट आज ४ हजार ६ सय ६ जनाको पीसीरआर विधिबाट नमूना परीक्षण गरिएको छ । ३ हजार ६ सय ८५ को आरडीटी परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६५ हजार ७१२ रहेका छन् । आइसोलेसनमा ९ हजार ४४७ छन् ।