काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो दिनको बैठक सुरु भएकोे छ । आजको बैठकमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेर बसेर हिंडेका छन् । ओलीलाई सहज होस् भनेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा राखिएको स्थायी समिति बैठकमा शुक्रबार पनि उनी उपस्थित भएनन् । शुक्रबारबो बैठकमा कार्यब्यस्तता देखाउँदै महासचिवमार्फत् अनुपस्थित हुने सन्देश पठाएका थिए । शनिबार उनी एकै छिन बैठकमा सहभागी भएर निस्किएका छन् ।
स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बिषयमा कुरा उठ्ने भएपछि उनी अनुपस्थित भएको अड्कलबाजी पनि नेकपा बृत्तमा गरिएको छ । शुक्रबारको स्थायी समिति बैठकमा सीमा सम्बन्धी एजेन्डामा १८ सदस्यले बोलेका थिए । बोल्नेक्रममा सबैले नेपाल–भारत सीमा सिल गरी तारबार लाउनुपर्ने कुरा उठाएका थिए ।
स्थायी समितकिो बुधबारको बैठकले सातवटा एजेण्डामा छलफल गर्न कार्यसूची तय गरेको थियो ।
पहिलो दिनको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो । पहिलो दिनको बैठकमै अध्यक्षद्वयले एकअर्कालाई घोचपेच गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गरेको तर पार्टीले बिरोध गरेकोमा असन्तुष्टी प्रकट गरेका थिए भने प्रचण्डले सरकार संचालन गर्ने तौरतरिकाको आलोचना गर्दै यस्तै भए पार्टी दुर्घटनामा पर्ने बताएका थिए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend