Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हत्या भएको ६ महिनापछि शव फेला


    मंगलबार, माघ ४ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • रोल्पा । बेपत्ता भएको ६ महिनापछि स्थानीय ठाकुर नेपालीको शवको कंगाल फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४५ वर्षीय ठाकुर नेपाली गत २३ असारदेखि बेपत्ता भएका थिए । छिमेकीको घरमा रक्सी लिन गएका ठाकुर बेपत्ता भएपछि छिमेकी लोकेन्द्र खड्काले यसअघि नै हत्या गरेको स्वीकोरे पनि शव अझैसम्म पनि भेटिएको थिएन ।

    २ माघ आइतबार बिहान ७ बजे रोल्पा त्रिवेणी–६ निम्टेखोलास्थित लौटेभीरदेखि तलको पाखोमा रुखमुनि मानवको जस्तो कंगाल (हड्डी) फेला परेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी चौकी जुगारबाट प्रहरी चौकी इन्चार्ज सई नन्दकुमार पोख्रेल नेतृत्वको टोली घटना स्थलमा पुगेको थियो ।लगत्तै इलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट प्रहरी निरीक्षक जिवराज थापा क्षेत्रीसहितको अनुसन्धान टोली खटिएको घटनास्थलमा मानवको जस्तो देखिने हड्डीहरु रहेको र हड्डी (कंगाल) नजिकै हाफपाईन्ट, कट्टु, टि–सर्ट, लाभा कम्पनिको मोबाईल सेट र टर्च लाईट फेला परेको थियो । 
    टर्च लाईट, मोबाइल सेट, कपडासहित आफ्नो श्रीमान हो भनि ठाकुर नेपालीकी श्रीमती हिमा नेपालीले सनाखत गरेकी छन् । 

    फेला परेको कंगालको परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाउने कार्य भइरहेको र थप अनुसन्धान पनि भइरहेको प्रहरी नायव निरीक्षक पोखे्रलले बताए ।

    ठाकुर गत २३ असारसाँझ ६ बजे तिर आफ्नै छिमेकी लोकेन्द्र खड्काको घरमा गएका थिए । सोही समयदेखि उनी बेपत्ता थिए । श्रीमान बेपत्ता भएपछि उनकी श्रीमती हिमाले प्रहरी चौकी जुगारमा खोजतलास गरी दिन माग गर्दै २८ असारमा  निवेदन दिएकी थिइन् । 

    हिमाको जाहेरी अनुसार र अनुसन्धानको क्रममा ठाकुर नेपालीलाई रोल्पा त्रिवेणी–६ वस्ने ३५ वर्षीय लोकेन्द्र खड्का उनकी श्रीमती ४५ वर्षीया गौमाया घर्ति (खड्का)विरुद्ध व्यक्ति बेपत्तासम्बन्धी कसूरमा मुद्दा चलाईएको थियो । रोल्पा जिल्ला अदालतको गत २९ असारको आदेशअनुसार लोकेन्द्र खड्का पुर्पक्षको लािग कारागार कार्यालय रोल्पामा थुनामा छन् भने उनकी श्रीमती गौमाया घर्ती ७५ हजार रुपैयाँ धरौीि राखि जमानतमा छुटेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार