Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २८ पुग्यो


    शनिबार, असार १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्र्षीय पुरुषको शनिबार बिहान विहान भरतपुर अस्पताल चितवनमा मृत्यु भएको छ । चितवनको घटनासमेत जोड्दा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

    शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र स्वासप्रश्वासमा समस्या देखिएपछि आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

    असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेजमा उपचारका लागि गएका थिए । उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार