Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङ अस्पतालमा ज्वराे क्लिनिक सञ्चालन


    मंगलबार, माघ ४ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ।  लमजुङ जिल्ला अस्पतालमा पुन: ज्वराे (फिभर) क्लिनिक सञ्चालन गरिएको छ । भर्ना भएका बिरामीमा काेभिड-१९ काे संक्रमणको सम्भावित जोखिम रहेकाले जाँचका लागि क्लिनिक सञ्चालन गरिएको हो । ज्वराे क्लिनिकबाट परीक्षण गरेर थप उपचार हुने गरेकाे अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

    फिभर क्लिनिकसँगै अस्पतालमा कोभिड संक्रमितका लागि होल्डिङ सेन्टर र कोभिड वार्डको व्यवस्थापन गरिएको छ । आइसाेलेसन कक्षसँगै कोभिड संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति पनि तयारी अवस्थामा राखिएको श्रेष्ठले बताए ।जिल्लामा हाल ६७ जना संक्रिय संक्रमित छन् ।

    जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेसनमा छन् । सोमबार एकैदिन ३५ जना संक्रमित थपिएका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार