Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको अनुपस्थितिमा नेकपा स्थायी समिति बैठकः कुन नेताले के बोले ?


    शुक्रबार, असार १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्र्टी(नेकपा) स्थायी कमिटीको आज दोस्रो दिनको बैठकमा १८ जना सदस्यहरूले बोलेका छन् । शुक्रबारको बैठकमा स्थायी समिति सदस्यहरु लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहराले आ आफ्ना धारणा राखेका थिए । त्यस्तै आजको बैठकमा भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले आ आफने धारणा राखेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

    बैठकमा बोल्ने क्रममा स्थायी समिति सदस्यहरुले नेपालको सीमा समस्या र समाधानका बारेमा आआफ्नो धारणा राखेका थिए । बैठकमा नेताहरूले नेपाल–भारत सीमा सिल गरेर तारबार लगाउनुपर्ने माग गरेका थिए । देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसाल, अमृत बोहोरालगायतले सीमा सिल गरी तारबार लाउन माग गरेका थिए ।
    कोरोनाका कारण सशस्त्र प्रहरी परिचालित भएकै बेला सीमामा तारबार लाउनुपर्ने उनीहरुको माग थियो ।

    बैठकको शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरेका छन् । उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूटो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेका छन् ।

    आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली कार्यब्यवस्तताका कारण उपस्थित नभएको जानकारी महासचिव विष्णुप्रसाद पौडेलले दिएका थिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजको बैठकमा आफू उपस्थित नहुने र बैठक सुचारू रूपमा संचालन गर्न भनेको जानकारी पौडेलले दिएका थिए । उपप्रमुख थापाका अनुसार स्थायी कमिटीको अर्को बैठक शनिबार ११ बजे पुनः बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार