Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः सेरालियोनको युद्ध समाप्तदेखि पेरिस शान्ति सम्मेलन


    मंगलबार, माघ ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज १८जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    सेरालियोनको युद्ध समाप्त

    विश्व इतिहासमा आज सियरा लियोनको गृह युद्ध अन्त्य भएको थियो । सन् २००२ को १८ जनवरीमा ११ वर्ष लामो युद्ध अन्त्य भएको थियो । एक दशकभन्दा लामो सो युद्धका कारण ५० हजारको मृत्यु भएको भएको थियो भने लाखौं विस्थापित भएका थिए ।

    पेरिस शान्ति सम्मेलन

    सन् १९१९ को १८ जनवरीमा पेरिस शान्ति सम्मेलन सुरु भएको थियो । पहिलो विश्वयुद्धपछि उत्पन्न अस्थिरता र द्वन्द्वको आलो घाउबीच  फ्रान्सको राजधानी पेरिसमा सम्मेलन भएको थियो । सम्मेलनपछि भर्सेल्स सन्धीमा हस्ताक्षर भएको थियो ।

    उत्तरी धुव्रमा हिड्ने नर्वेका अन्वेषक

    सन् १९९७ मा नर्वेका धुवीय अन्वेषक बोर्ग आउसल्यान्ड कसैको सहयोगबिना एक्लै अन्टार्कटिकामा हिडेका थिए । बोर्गले पृथ्वीकै सबैभन्दा उत्तरी महादेशमा तीन हजार किलोमिटर हिँडेर रेकर्ड कायम गरेका थिए ।

    मार्टिन लुथर किङ दिवस

    सन् १९८६ को १८ जनवरीदेखि अमेरिकामा मार्टिन लुथर किङ दिवस मनाउन सुरु भएको थियो । यस दिन सार्वजनिक बिदा दिइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार