Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम: तराईमा बाक्लो हुस्सु, दिउँसाे वर्षाकाे सम्भावना


    मंगलबार, माघ ४ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ ।

    दिउँसो आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ । 

    राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

    बुधबार  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार