Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नगर प्रमुख भुसालसहित कर्मचारीलाई कोरोना भएपछि सन्धिखर्क नगरपालिका बन्द


    सोमबार, माघ ३ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । नगर प्रमुख कमलप्रसाद भुसालसहित केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा बन्द गरेको छ ।

    कोरोनाको संक्रमण थप फैलन नदिन भन्दै नगरपालिकाले ४ देखि ७ माघसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरेको प्रमुख प्रकाशकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । प्रमुख प्रकाशकीय अधिकृत अर्यालले साेमबार सूचना जारी गर्दै नगरपालिका कार्यालयको बैठकले ७ माघसम्म सेवा बन्द गर्ने निर्णय गरेको बताए ।

    कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको स्वास्थ्य सेवा जारी रहनेछ भने अन्य सेवा ७ गतेसम्म बन्द रहनेछ ।

    “कार्यालयमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ,” पराजुलीले भने, “नगर प्रमुखमा पनि संक्रमण भएको भन्ने सुनिएको छ । शायद बाहिर परीक्षण गर्नुभएकाे होला ।”
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार