Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कागको बथानसँग छुटकारा पाउन क्यालिफोर्निया सहरले लेजरको प्रयोग गर्ने


    सोमबार, माघ ३ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । हाम्रा गाउँघरतिर बाँदर, सुुगाले अन्न खाएर दुुःख दिएको त सुन्दै आएका छौँ । जनावर, चराचुरुङ्गीको यस्तो बानीले हामीलाई कष्ट भइरहेको पनि हुन्छ । तर अमेरिकाको क्यालिफोर्निया सहरमा हजारौँ कागहरु सर्वसाधारणको टाउको दुखाईको विषय बनेको  छ । यसबाट छुटकारा पाउनका लागि उच्च प्रविधि लेजरको प्रयोग गनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ ।

    सनीभ्यालेका वासिन्दाले हज्जारौँको संख्यामा कागहरु सहरको मध्य भागमा उडिरहेको र वरपरका क्षेत्र तथा घर बाहिरको क्षेत्रमा बस्न थालेको बताएका छन् । यतिमात्रै नभएर आकाशमा उडिरहेको समयमा उनीहरुले विस्ट्याउनाले पनि आफूहरुलाई अप्ठेरो परेको पनि उनीहरुको भनाई छ ।

    स्थानीयले कागले रातको समयमा पनि चर्को हल्ला गर्ने गरेको गुनासो गरेका छन् ।

    ‘सहरबाट चरालाई टाढा भगाउने विभिन्न प्रयास ग¥यौँ, तर केहीले पनि दीर्घकालिन असर देखाएन,’ मेयर ल्यारी क्लिनले बताइन् ।

    ‘हामीले विभिन्न प्रयास ग¥याँै । विगतमा हामीसँग बाज पनि थिए । हामीले रुखहरुमा रिफ्लेक्टर पनि राख्यौँ तर केही कुराले पनि सहयोग गरेको हामीले पाएनौँ,’ क्लिनले बताइन् ।

    यो सहरले कागलाई टाढा भगाउनका लागि हरियो लेजरलाई परीक्षण कार्यक्रमको रुपमा सुरु गर्ने तयारी गरिरहेको छ ।

    ‘फुटपाथलाई प्रत्येक साता सफा गर्न  सयौँ डलर खर्चिनुको सट्टा यो प्रभावकारी हुने छ,’ क्लिनले बताइन् ।

    औडुबन सोसाइटीका अधिकारीले यस्तो योजनाले आफूहरुलाई चिन्तित बनाएको बताएको छ ।

    ‘लेजर प्रयोग गर्ने कुरामा मेरो ध्यान गएको छ,’ म्याथ्यू डोडर, स्यान्टा क्लारा भ्याली औडुबन सोसाइटिका कार्यकारी निर्देशक म्याथ्यू डोडरले भने । ‘लेजरले चराहरुलाई अन्धो बनाउन सक्छ जुन चराका लागि मृत्युदण्ड जस्तै हो किनभने चराले देखेन भने यी उड्न पनि सक्दैनन् र चारो खोज्न जान पनि सक्दैनन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार