Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • साधना लघुवित्तको आईपीओ असार २१ गतेदेखि निष्कासन


    शुक्रबार, असार १२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। साधना लघुवित्तले यहि असार २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको ७ लाख ७ हजार ८ सय कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न लागेको हो ।

    जसमध्ये लघुवित्तले १० हजार ८ सय ९० कित्ता कर्मचारीहरूका लागि र ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    लघुवित्तको आइपीओमा असार २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।लघुवित्तले आईपीओ निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । लघुवित्तको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार