Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम: बिहान तराईमा हुस्सु, दिउँसाे सुदूरपश्चिम र कर्णालीमा हिमपातकाे सम्भावना


    सोमबार, माघ ३ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेकाे छ ।

    दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी  र बागमतीमा आंशिकदेखि सामान्य बदली  रहने आँकलन गरिएकाे छ ।

    त्यस्तै. सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

    राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार