Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बतासको अवैध लगानीमाथि मन्त्री आलेको अर्को एक्सन, पशुपति धर्मशालाको निरीक्षण गर्दै


    आइतबार, माघ २ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् ।

    पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

    पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ । धर्मशालामा पनि बतासले होटल बनाएको भन्दै चौतर्फी विरोध भएपछि त्यसको निरीक्षण गर्न लागेको स्रोतको भनाइ छ। यसअघि उक्त प्रकरणमा छानबिन समिति समेत गठन गरिएको छ। 

    यसअघि मन्त्री आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए । पछिल्लो समय निकै जनमुखी कार्य गर्दै आएका मन्त्री आलेले धर्मशालाबाट बतास हटाउने तयारी गरिरहेको स्रोतको दाबी छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार