काठमाडौं । बाल गायन रियालिटी शो द भ्वाइस अफ किड्स नेपालको उपाधि जेनिश उप्रेतीले जितेका छन् ।
शनिबार भएको ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीलाई उछिन्दै झापाका जेनिश पहिलो भएका हुन् ।
विजेता बनेसँगै उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको आयोजक पक्षले जनाएको छ ।
यस्तै, फ़ाइनलमा टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ पुगेका थिए ।
द भ्वाइस किड्सको निर्णायकमा गायक प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।