Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना


    आइतबार, माघ २ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज १६जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    एल साल्भाडोरको गृहयुद्ध अन्त्य

    सन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका थिए ।

    अमेरिकामा मदिराजन्य पदार्थमा रोक

    सन् १९१९ मा अमेरिकामा रक्सी, मदिराजस्ता मादक पर्दाथ बनाउन, बिक्री गर्न र आयात तथा निर्यात गर्न रोक लगाइएको थियो । १६ जनवरीमा संविधानमा गरिएको १८औं संशोधनमार्फत अमेरिकामा मदिराजन्य पदार्थमा रोक लगाइएको थियो ।

    पर्सियाली  युद्ध सुरु

    सन् १९९१ मा पर्सियाली खाडी युद्ध सुरु भएको थियो । सन् १९९० मा इराकले कुवेतमा अतिक्रमण गरेपछि सन् १९९१ को १६ जनवरीमा अमेरिका नेतृत्वको पश्चिमा वायु फौजले इराकमाथि हमला गरेको थियो । २८ फेब्रुवरीमा युद्धविराम घोषणा नहुन्जेल अमेरिकी नेतृत्वको सेनाले हमला गरेको थियो।  

     रोमन साम्राज्य स्थापना

    २७ बीसीमा रोमन साम्राज्य स्थापना भएको थियो । रोमन साम्राज्यको पहिलो शासक अगस्टस हुन् । उनले २७ बीसीदेखि १४ एडीसम्म (मृत्युपर्यन्त) रोमनमा शासन गरेका थिए । उनलाई मानव इतिहासमै एक प्रभावकारी नेताको रुपमा चिनिन्छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार