एजेन्सी । स्वीडेनका प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोनाभाइरसको संक्रमण भएको छ।
‘द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोनाभाइरसबाट संक्रमित हुनुभएको पुष्टि भएको छ,’ उनका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ।
पार्टीका नेताहरुसँगको बैठकपछि उनलाई संक्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन्।
संक्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा रहेको र उनले आइसोलेसनबाटै गर्न मिल्ने कामहरू भने गरिरहने पनि वक्तव्यमा उल्लेख छ।
सञ्चार सचिव जोन एक्स्ट्रोमले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र आवश्यक स्वास्थ्य उपचार भइरहेको जानकारी पनि दिए।