काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक (CCBL)ले एघारौं बार्षिक साधारण सभा संपन्न गरेको छ । साधारण सभा बैकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिर्सस क्लब ,भद्रकालीमा सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीलाई वितरण गर्ने ६.०५ प्रतिशत लाभांश पारित गरेको छ।
हिजो (शुक्रबार) सम्पन्न सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको हो। बैंकले २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्व ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ को ५.७५ प्रतिशतले हुन आउने रकम एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने दुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।
सेञ्चुरी बैंकले हाल १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।