Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अग्रपंक्तिमा खटिने र ६० वर्ष माथिकालाई कोरोनाको बुस्टर डोज लगाउने निर्णय


    शनिबार, माघ १ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप माघ २ गते १४ गते अग्रपंक्तिमा खटिने  र  ६० वर्ष माथिकालाई दिने निर्णय गरेको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।

    स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।

    माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् ।पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ ।

    buster dog khop.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार