Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इच्छाकामना गाउँपालिकामा स्कार्पियो दुर्घटना: सात जना घाइते


    शुक्रबार, पुष ३० २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका- ६ मा स्कार्पियो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । 

    तीन नम्बर पुलबाट बा१३च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएका हुन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०/६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।

    घाइतेहरूलाई उपचारको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । दुर्घटनाको कारण भने खुलेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार