Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित एक जना पक्राउ


    शुक्रबार, पुष ३० २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । लागूऔषधसहित प्रहरीले महोत्तरीबाट एक जनालाई पक्राउ गरेको छ । सम्सीबाट गौशालातर्फ जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा बर्दिबास-१२ बस्ने राकेश महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    औरही नगरपालिका कठुधारबाट खटिएको प्रहरीले ग१ख ७४९७ नम्बरको बसमा यात्रारत महतोले सरिरमा लुकाएको लागूऔषध नाइट्रोभेट-१० ३० पिससहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

    नियन्त्रणमा लिएका महतोलाई जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपी इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार