Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिन प्रतिदिन बढ्दाे क्रममा काेराेना संक्रमण, पछिल्लो २४ घण्टामा ५०८७ जना संक्रमित थपिए


    शुक्रबार, पुष ३० २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडों । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार