काभ्रे । बोधिचित्त लुटपाट गर्ने क्रममा आज बिहान काभ्रेमा गोली चलेको छ । प्रहरीका अनुसारब बोधिचित्त लुटपाट गर्न खोज्दा भएको गोली प्रहारमा ५ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र वीरबहादुर लामाको बोधिचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो । घटनास्थलमा २ गोलीका खोका भेटिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले घटनापछि थप प्रहरी पठाएको बताए ।