काठमाडौं । असार ९ गते आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्महत्या गरेका युवा दुल्लु नगरपालिका–१० छुवालाका हुन । २१ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
असार ९ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएका ती युवाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । ‘अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै पोस्टमार्टम गर्ने बताएपछि स्वाब सुर्खेत पठाएका थियौं,’ दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भने, ‘आज सुर्खेतमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको छ ।