काठमाडौं । नेपाल विद्युत प्राधिकरण ग्रिड महाशाखा पाटनका सुपरभाइजर सोमप्रसाद पहाडीलाई १ लाख ४० हजार रुपैयाँ घुससहित बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
पहाडीले गोदावरी नगरपालिका वडा नम्बर १ दमाइटारमा रहेको निजी जग्गामा प्राधिकरणले गाडेको पोल घर निर्माणका लागि सार्ने सार्नका लागि घुस माग गरेको सूचनाका आधारमा १ लाख ४० हजार रकम सेवाग्राहीबाट लिइसकेपछि अख्तियारको टोलीलेसमेत सुरक्षित रहेको नियन्त्रणमा लिएको छ ।
पहाडीले घुस लिएकोे भिडियो र अडियो अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पहाडीलाई प्राधिकरणको ग्रिड महाशाखा पाटनको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।