Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • टोटनहमलाई हराउँदै चेल्सी कारावाओ कपको फाइनलमा 


    बिहिबार, पुष २९ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस प्रतिद्वन्द्वी टोटनहमविरुद्ध १-० को सहज जितसँगै चेल्सी आरावाओ कप अर्थात इंग्लिस फुटबल लिगको फाइनलमा प्रवेश गरेको छ । 

    बुधबार लण्डनमा भएको दोस्रो लेगको जितसँगै समग्रमा ३-० ले विजयी हुँदै चेल्सी उपाधि नजिक पुगेको हो । अब, चेल्सीले उपाधिका लागि वेम्वली रंगशालामा लिभरपुल र आर्सनलबीचको विजेतासँगै खेल्नेछ । दुई टोलीबीचको खेल कोभिड–१९ का कारण हुन सकेको छैन । 

    यसअघि खेलको १८औँ मिनेटमा एन्टोनिओ रुडिगरको गोलमा चेल्सीले सहज जित पायो । मासन माउन्टको कर्नरमा रुडिगरले हेड गोल गरेका थिए । 

    यसअघि खेलको ४२औं, ५७औं र ६४औं मिनेटमा टोटनहमले भारको सामना गर्नुपरेको थियो । तर कुनै पनि समय पेनाल्टी र गोल पाएन । बाँकी समय गोल नहुँदा चेल्सी फाइनल पुग्न सफल भयो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार