काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि भारतको इशारामा चीनसँग सीमा विवाद रहेको जबर्जस्ती देखाउनका लागि अहोरात्र लागिरहेका छन् । तर तथ्यहरुले चीनसँग सीमा विवाद वीपी कोइराला प्रधानमन्त्री हुँदै सल्टिसकेको पुष्टि गरेका छन् ।
निधिहरुले जबर्जस्ती चीनसँग सीमा विवाद छ भने पनि बुधबार परराष्ट्र मन्त्रालयले चीनसँग कुनै सीमा समस्या नरहेको बताएको छ । चीनबाट पनि नेपाली भूमि मिचिएकोबारे समाचारहरु बाहिरिएपछि मन्त्रालयले बुधबार विज्ञप्ति नै निकालेर चीनबाट सीमा मिचिएको कुरामा सत्यता नभएको बताएको छ ।
नेपाल–चीन सीमामा हराएका भनिएका ३७ र ३८ नम्बरका बाउन्ड्री मार्करहरु वास्तवमा बनाउँदै नबनाइएको मन्त्रालयको दाबी छ ।
त्यहाँको प्राकृतिक अवस्थाका कारण दुवै मुलुकको सहमतिमा ती मार्करहरु तयार नै नगरिएको परराष्ट्रको भनाइ छ ।
‘दुई मुलुकबीच कुनै समस्या आइपरेको खण्डमा पनि नेपाल सरकारले दुवै तर्फका सम्बन्धित अधिकारीहरुसँगको आपसी परामर्शमा ती विषयलाई सुल्झाउँछ,’ परराष्ट्रले बिहीबार जारी गरेको वक्तव्यमा भनेको छ ।नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ ।
कृषि मन्त्रालयले बिहीबार नै विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा आधार बनाइएको प्रतिवेदन मन्त्रालयबाट प्रकाशित नै नभएको बताएको छ ।
‘उक्त समाचारको आधार बनाइएको प्रतिवेदन यस मन्त्रालयबाट प्रकाशित नै नभएको र सोसम्बन्धी विषय मन्त्रालयको कार्य क्षेत्र समेत नभएकाले उक्त समाचारमा कुनै सत्यता नरहेको सम्बन्धित सबैमा जानकारी गराइन्छ’ सचिव राजेन्द्रप्रसाद भारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend