Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना महामारीमा रक्सी पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले मागे माफी


    बुधबार, पुष २८ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवासा ‘१०, डाउनिंग स्ट्रीट’ मा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् । 

    यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएको प्रतिबन्धहरु जारी थियो । 

    बेलायतमा बिगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको छ भन्दै यो प्रश्नलाई टार्दै आएको थियो । 

    ‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रमको सुरुआत हुनासाथ जोनसनले माफी माग्न चाहेको बताएको थिए । 

    उनले महामारीमा करोडौं मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए । 

    उनले नियम बनाउनेले नै निमयको उचित रुपमा पालन नगरेको स्वीकार गरे । 

    उनले घटनाको जिम्मेवारी आफूले लिने बताए । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार