Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकीमा थप १४ मा कोरोना संक्रमण पुष्टि


    बिहिबार, असार ११ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिकामा ९ जना र नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

     

    म्याग्देमा ७ पुरुष र २ महिला तथा विनयी त्रिवेणीमा ४ पुरुष र एक महिलामा संक्रमण भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको छ ।

    बिहीबार विहान गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जाका एक जना, बागलुङका २ जना, म्याग्दीका ६ जना, नवलपरासी पूर्वका २ जनामा कोरोना संक्रमण भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार