Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवास प्रकरण: जमानीमा छुटे सुवेदी दम्पती


    बुधबार, पुष २८ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका दुई जनालाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।

     केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा बिचौलियाको आरोप लागेका रामकुमार सुवेदी र माधवी सुवेदीलाई मंगलबार रिहा गरेको हो । 

    ‘तत्काल मुद्दा नचल्ने अवस्थामा हिरासतमा राखिरहन नमिल्ने भएकाले सरकारी वकिलको सहमतिमा उनीहरूलाई रिहा गरिएको हो,’ ब्युरोका निर्देशक धिरजप्रताप सिंह भने। 

    उनीहरूलाई भनेको समयमा हाजिर हुने सर्तमा छोडिएको छ । बालुवाटार जग्गा प्रकरणमा सुवेदी दम्पतीलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । 

    बालुवाटारमा ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न समयमा व्यक्तिको नाममा गएको अनुसन्धानबाट पत्ता लागेको छ ।

    त्यसमध्ये १४ रोपनी जग्गा सुवेदी दम्पतीको नाममा भेटिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार