Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु


    बुधबार, पुष २८ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृत्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो । 

    प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । चालक तामाङको सवारी चालक अनुमति पत्र नभएको प्रहरीको भनाइ छ ।  

    मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको मोरङ प्रहरीले जनाएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार