Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रीद्धारा सदनमा जवाफ माग


    बिहिबार, असार ११ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाए ।

    आजको बैठकको शून्य समयमा नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले सोती घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिलकुमारी रावल, तुलसाकुमारी दाहाल र मायाप्रसाद शर्माले हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार