सप्तरी । आज सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीका अनुसार बिहीबार बिहान आठ बजे सप्तरीको छुट्टाछुट्टै स्थानमा चट्याङले लागेर चार जनाको मृत्यु भएको र दुई जना घाइते भएको हो।
ुबिहानै सप्तरीका छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर चार जनाले ज्यान गुमाएका छन्,ुउनले भने,ुउहाँहरूको शव पोष्टमार्टमको लागि अस्पतालमा लगिँदैछ।ु
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका(९ का ललितादेवी यादव, महादेवा गाउँपालिका(२ का छेदी ठाकुर, बेचन यादव र राजगढ गाउँपालिका(४का केसीलाल साह छन्।
ललितादेवी खेतमा धान रोपिरहेको अवस्थामा र छेदी ठाकुर घरमा पूजा गरेर बाहिर निस्किँदा चट्याङ लागेको डिएसपी भारतीले जानकारी दिए।
ुएक महिलालाई खेतमा र एक पुरूष पूजा गरेर बाहिर निस्किँदा चट्याङ लागेको हो,ुउनले भने,ुअन्य दुई जना पनि बाहिर रहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएछ।ु
घाइते हुने राजगढ गाउँपालिका(४ का १८ वर्षीया आशा मण्डल र ५५ वर्षका एक पुरूष छन्।
आशाको स्वास्थ्य चौकीमा उपचार भइरहेको र अर्काको जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी भारतीले बताए।