काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई चक्रब्यूहमा पार्ने खेल भइरहेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गर्नेदेखि वैवाहिक अंगीकृत नागरिकताको सवालमा प्रधानमन्त्री ओलीले जुन निर्णय क्षमता प्रदर्शन गरे, त्यसबाट विशेषगरी भारत उनीसँग चिढिएको छ । यस्तो बेला राष्ट्रका सबै शक्तिहरु एकजुट भएर सरकारलाई साथ दिनुपर्ने बेलामा नेकपाको स्थायी समिति बैठकमा उनलाई राजीनामा दिन बाध्य पार्ने गरी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितको मोर्चाबन्दी भएको छ ।
मोर्चाबन्दी गर्ने बेला यो होइन । कमसेकम ६ महिना वर्तमान सरकारको विकल्प नेकपाभित्र नसोचे राष्ट्रिय एकता बलियो भएको सन्देश जान सक्थ्यो । २०७७ जेठ ३१ मा सिंगो संसदले अतिक्रमणमा परेको नेपाली भूमि समेटिएको नक्सा पारित गरेको १५ दिन नबित्दै प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाउँदा त्यसले के सन्देश दिन्छ ? नेकपाका नेताहरुले गम्भीरतापूर्वक लिनुपर्छ जस्तो लाग्छ । ओली नेतृत्वको सरकारले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेको थियो, भारतले प्रधानमन्त्रीबाटै हटाइदियो भन्ने ठाउँ दिन खोजिएको त होइन ? अहिले ओलीलाई हटाउँदा भारतले नै हटायो भन्ने सन्देश जान्छ । भारतले नै त्यस्तो अफवाह फैलाउँछ ।
नक्सा जारी हुने अघिल्लो दिन कोरोना नियन्त्रणका लागि १० अर्ब रुपैयाँ खर्च भएको र त्यो अति नै भएको भन्दै सुकिलामुकिलाहरुको जुुलुस निस्कदा भारतीय मिडियाले ‘भारती भूमि कालापानीका नक्सा जारी गर्ने ओलीका हवा निकलगई’ भनेर दुस्प्रचार गरेका थिए । अहिले नेकपाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा भारतीय मिडियाले यस्तो लेख्नेछन्–नक्सा जारी गर्ने र भारतीय चेलीलाई विवाह गरेको ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गर्ने प्रधानमन्त्रीलाई भारतले हटाइदियो । नेकपाका नेतागणहरु, के हामी हाम्रो प्रधानमन्त्री भारतले हटायो भन्ने ठाउँ दिन त खोजिरहेका छैनौं । विगतमा लैनचौर दूताबासको निर्देशनमा जसरी नेपालको राजनीति घुम्थ्यो, त्यही पुनराबृत्ति गराउनेतिर गइरहेका त छैंनौं ?
प्रधानमन्त्री ओलीका पनि गल्तीकमजोरी होलान्, उनले मन्त्रिपण्डल गठनदेखि नियुक्तिहरु एक्लौटी गर्दैआएका छन् । पूर्वमाओवादी केन्द्रका मन्त्रीका मन्त्रालयहरुका नियुक्तिमा पनि हस्तक्षेप गरेका होलान् । नक्सा जारी गर्नेदेखि वैवाहिक अंगकिृत नागरिकताका सवालमा सिंगो पार्टीकै योगदान हो तर उनले आफूले मात्र गरेको भने होलान् । प्रधानमन्त्री भएर आफ्नो गुटलाई मात्र च्यापेका होलान् तर यति हुँदाहुँदै पनि प्रधानमन्त्री वा पार्टी अध्यक्ष ओलीको विकल्प खोज्ने बेला अहिले होइन । अहिलेको अवस्थामा सरकारले पार्टीको निर्देशन पालना गर्नुपर्ने, मन्त्रिमण्डल पुनगर्ठन गर्ने र सरकारलाई चुस्त बनाउने, नियुक्तिहरुमा पनि पार्टीको सिफारिस कार्यान्वयन गर्ने परिस्थिति निर्माण गर्नेतर्फ नेकपाका शीर्षनेताहरु लाग्नुपर्ने हो । तर बिडम्बना नेकपाका नेताहरु ओलीलाई हटाउने एकसूत्रीय अभियानमा देखिएका छन् । स्थायी समिति बैठकमा नेताहरुको सुरुवाती प्रस्तुतिले त्यही देखाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend