Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणहिटीमा मिलेमतो ठहर, निर्देशक दाहाल मुख्य दोषी


    मंगलबार, पुष २७ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि भएको ठेक्का प्रक्रिया’bout छानबिन गर्न गठित समितिले नारायणहिटीभित्र रेस्टुरेन्ट ठेक्का सम्झौतामा सरकारी अधिकारी र ठेकेदारको मिलेमतो भएको निष्कर्ष निकालेको छ ।

    छानबिन समितिले नारायणहिटी विकास समितिले बतास समूहको बतास अर्गनाइजेसनअन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले अवैध संरचना निर्माण गर्नुमा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल मुख्य दोषी रहेको ठहर गरेको छ । तर, तत्कालीन समयको सरकारमा रहेका नेतृत्व’bout भने सो प्रतिवेदन मौन छ ।

    सो प्रतिवेदनमा समितिका कार्यकारी निर्देशक दाहालकै मिलेमतोमा ठेक्का सम्झौता भएको ठहर गरिएको छ । प्रतिवेदनअनुसार ६ रोपनी ३४ आना जग्गा र त्यसमा बनेको घरमा रेस्टुरेन्ट तथा क्याफ्टेरिया सञ्चालनका लागि टेन्डर आह्वान गरिएको थियो ।

    तर, बतास परिवारकै सेयर भएको विभिन्न तीनवटा कम्पनीबीच प्रतिस्पर्धा गराएर यस्तो ठेक्का सम्झौता गरिएको भन्दै छानबिन समितिले यस ठेक्का सम्झौतामा एक आपसमा मिलेमतो भएको ठहर गरेको हो राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार