Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान कमजोर भएको ठहर


    मंगलबार, पुष २७ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालयले ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणसम्बन्धी किर्ते मुद्दामा प्रहरीको अनुसन्धान कमजोर भएको ठहर गरेको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिखत किर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंलाई गत बिहीबार प्रतिवेदन बुझाएको थियो।

    कार्यालयले लिखत किर्ते मुद्दा चलाउन पर्याप्त आधार नपुगेको भन्दै प्रमाण अझै बलियो बनाउन सोमबार निर्देशन गरेको हो।निर्देशनसहित थप अनुसन्धान गर्न प्रतिवेदन फाइल फिर्ता पठाउनु नियमित प्रक्रियाजस्तै भएको कार्यालयले जनाएको छ।

    मुद्दा अनुसन्धान सुरु गरेको दुई वर्षमा हदम्याद सकिन्छ भन्ने सत्य नभएको जिल्ला सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले बताए। यो मुद्दामा मुलुकी ऐनअनुसार हदम्याद लागू हुने उनको तर्क छ। ‘मुलुकी ऐनको कसुरमा त्यही बेलाको कानुन लाग्छ। हदम्याद, सजाय पनि मुलुकी ऐनअनुसार नै लाग्छ,’ उनले भने, ‘हदम्याद सकिने भन्ने कुरामा कुनै आधार छैन।’

    मुद्दाको अनुसन्धान अझै राम्रो गर्न निर्देशन गरेको जिल्ला सरकारी वकिल काठमाडौंको प्रमुखसमेत रहेका पौडेलले बताए। प्रमाणकै आधारमा मुद्दा चलाउने भएकाले तथ्यलाई अझै बलियो बनाउन निर्देशन दिएको उनले जानकारी दिए। मुद्दा नयाँ संहिता जारी हुनुअघिको भएकाले मुलुकी ऐनमा भएको हदम्याद लागू हुने बताए।  नागरिक दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार