Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आङ्देम्बे भन्छन्- संसद् अवराेधका कारण सरकारले महत्वपूर्ण निर्णय गर्न सकेन


    सोमबार, पुष २६ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ताप्लेजुङ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले एमालेले निरन्तर संसद् अवरुद्ध गरेकाले जनताका लागि महत्वपूर्व निर्णय हुन नसकेको बताएका छन् ।

    साेमबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनमा गर्दै सहमहामन्त्री आङ्देम्बेले संसद् अवरुद्ध भइरहँदा संसद्प्रति अविश्वास पैदा भएकाे उल्लेख गरे ।

    “इतिहासमा कहीँ नहुने दुई दुईपटक संसद विघटन केपी ओलीले गर्नुभयो । संवैधानिक नभएकाले पुन:स्थापना भयो । तर अहिले पनि संसद् चल्न दिइएको छैन,”  उनले भने ।

    पछिल्लो समय दिनदिनै कोभिडको संक्रमण बढ्दै गएकाले त्यसका लागि सरकारले निर्णय लिनुपर्नेमा उनले जोड दिए । तर एमालेले गरेको संसद अवरुद्धका कारण सरकारले महत्वपूर्ण निर्णय लिन नसकेको सहमहामन्त्री आङ्देम्बेले बताए । लामो समयसम्म संसद् अवरुद्ध भइरहँदा संसद्प्रति अविश्वास बढ्दै गएको उनले दाबी गरे ।

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि सबैखाले गुटको अन्त्य भएको दाबी गर्दै उनले भने, “नेपाली कांग्रेसमा गुट-उपगुट समाप्त भएको छ । केही गुट विस्तारै पानीको फोका जस्तै फुटेर जाने छ । नयाँ नेतृत्वले सवाल होइन जवाफ दिन सक्नुपर्दछ ।”

    अब नेपाली कांग्रेस केन्द्रदेखि नै शुद्धीकरण हुने उनले बताए । युवा पुस्ता नेपाली कांग्रेसको नयाँ नेतृत्वमा आएकाले पार्टी संगठन मजबुत भएर जानेसमेत उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार