Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा कोभिडविरुद्ध बुस्टर डोज वितरण


    सोमबार, पुष २६ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतमा निश्चित वर्गलाई लक्षित गरी कोभिडविरुद्ध बुस्टर डोज दिन थालिएको छ । संक्रमण तीव्र फैलिरहेका बेला सरकारले स्वास्थ्यकर्मी, अग्रपक्तिमा खटिएका व्यक्ति र ६० वर्ष माथिका बृद्धबद्धालाई बुस्टर दिन सुरु गरेको हो । 

    भारतमा ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिएको छ । बुस्टर डोजले कोभिडविरुद्ध रक्षा गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

    तीव्र वेगमा फैलिने ओमिक्रोन सर्वप्रथम नोेभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । त्यस यता विभिन्न देशहरुले बुस्टर कार्यक्रमलाई विस्तार गरेका छन् । 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुस्टर डोजलाई ‘सावधानी डोज’ बताउँदै आएका छन् । बुस्टरअन्तर्गत पहिलो र दोस्रो डोज लगाएका व्यक्तिलाई तेस्रो पटक सोही खोप दिइन्छ । 

    भारतमा मुख्यतया स्थानीयस्तरमा निर्माण गरिएका दुई ओटा खोप कोभिडशिल्ड र कोभ्याक्सिन प्रयोग गरिएको छ । सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार