काठमाडौँ । सन् २०१७ मा बलिउडकी एक चर्चित अभिनेत्री चलिरहेको कारमा बलात्कृत भएको खबरले सबैलाई चकित बनाएको थियो । यस मामिलामा निकै चर्चित अभिनेता दिलीपलाई पनि पक्राउ गरिएको थियो । तर भर्खरै केरला प्रहरीको अपराध शाखाले अभिनेता दिलीप र अन्य पाँच जनालाई अभिनेत्रीको यौन दुर्व्यवहारको मुद्दामा अनुसन्धान अधिकारीलाई धम्की दिएको आरोपमा मुद्दा दर्ता गरेको खबर बाहिर आएको छ ।
भारतीय संचारमाध्यमका अनुसार हालै एक टिभि च्यानलले सार्वजनिक गरेको मलयाली अभिनेता दिलीपको कथित अडियो क्लिपको आधारमा अपराध शाखाले मुद्दा दर्ता गरेको हो, जसमा अभिनेताले अधिकारीमाथि आक्रमण गर्ने षड्यन्त्र गरेको सुनिएको थियो । निर्देशक बालचन्द्र कुमारले पनि हालै अभिनेत्रीको कुटपिट प्रकरणमा दिलीपविरुद्ध सञ्चारमाध्यममार्फत केही चकित पार्ने खुलासा गरेको अपराध शाखालाई निर्देशक कुमारले पनि पुष्टि गरेका थिए ।
घटनामा अभिनेता र अन्य पाँच जनाविरुद्ध भारतीय दण्ड संहिताको धारा ११६, ११८, १२०बी, ५०६ र ३४ सहित विभिन्न प्रावधानहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । एफआईआरमा दिलीप, उनका दुई आफन्त र दुई अन्य व्यक्ति सहित पाँच जनाको नाम छ, जबकि छैटौं आरोपीलाई ‘पहिचान योग्य व्यक्ति’ भनिएको छ।
हालै अभिनेता दिलीपका पुराना साथी तथा सिने निर्देशकले मिडियामा केही चकित पार्ने कुरा भनेका थिए र सो खुलासाका आधारमा पीडितले पुनः अनुसन्धानका लागि प्रहरी र मुख्यमन्त्रीसमक्ष पनि पुगेका थिए । अहिले दिलीपले पनि गुनासो लिएर मुख्यमन्त्रीसम्म पुगेका छन् । सरकारी पक्षले आफूविरुद्ध षड्यन्त्र गरिरहेको उनको विश्वास छ ।
पीडित तमिल, तेलुगु र मलायालम फिल्ममा काम गर्ने अभिनेत्री हुन् । उनलाई केही अभियुक्तहरूले अपहरण गरी कारभित्रै दुई घण्टासम्म दुर्व्यवहार गरेका थिए। आरोपितले २०७४ फागुन १७ गते राति जबरजस्ती गाडीभित्र पसेर व्यस्त क्षेत्रमा भागेका थिए । केही अभियुक्तले अभिनेत्रीलाई ब्ल्याकमेल गर्नका लागि पूरै घटनाको भिडियो बनाएका थिए ।
२०७२ सालमा भएको यो बलात्कार घटनामा १० जना अभियुक्त छन् भने बलात्कार मुद्दाको अनुसन्धानको सुरुमै प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । दिलीप पछि पक्राउ परेपनि धरौटीमा रिहा भए । भारतीय संचारमाध्यमहरुको सहयोगमा