Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री कार्यालयमा सचिवहरूको ताँती


    सोमबार, पुष २६ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सचिवको दुई दरबन्दी थप भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको ताँती लाग्न थालेको छ ।

    चुस्त प्रशासन सञ्चालन गर्न र अनुगमन गर्न तीनदेखि चार जना सचिव भए पुग्नेमा सात जना सचिव राखेपछि प्रधानमन्त्री कार्यालयको प्रशासन संरचना झनै भद्दा बन्न पुगेको छ । सात जना सचिव भए पनि उनीहरूको कार्यसम्पादन सशक्त हुन नसक्दा परिणाम खासै हासिल हुन सकेको छैन ।

    सकारले केही दिनअघि मात्रै ‘ओ एन्ड एम’ नै नगरी बिनाऔचित्य प्रशासन र प्राविधिकतर्फ सचिवको एक एक पद सिर्जना गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको संख्या सात पुगेको छ ।

    यसअघि प्रशासनतर्फका चार र कानुनतर्फका एक गरी पाच जना सचिव रहेका थिए । अब भने प्रशासनतर्फका एक थप गरी पाँच जना, कानुनतर्फका एक र प्राविधिक (इन्जिनियरिङ) तर्फका एक गरी सात जना सचिव पुगेका हुन् ।

    सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज गरेपछि त्यससँगै खारेजी भएको सचिव पदलाई प्रधानमन्त्री कार्यालयमा ल्याएको हो । सो पद इन्जिनियरिङतर्फको हो ।

    यसैगरी, बिरामी अवस्थामा रहेका खगेन्द्र नेपालका लागि प्रशासनतर्फको अर्को विशिष्ट पद सिर्जना गरिएको हो । यद्यपि, नेपाल सेवा निवृत्त भएसँगै सो पद खारेज हुने बताइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार पछिल्लो समय प्रधानमन्त्री कार्यालय सचिवहरू डम्प गर्ने थलोको रूपमा विकास भएको छ ।  राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार