Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापाको कमाण्ड एसपी पोखरेलले सम्हाल्ने


    आइतबार, पुष २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले ३४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । आइतबार निकालिएको एसपीको सरुवामा जिल्ला इन्चार्ज पाउनेहरुमा विश्वमणि पोखरेल झापा, दिलीपसिंह देउवा बारा, चक्रराज जोशी काभ्रे, अर्जुनप्रसाद तिमल्सिना सिरहा, श्यामसिंह चौधरी कन्चनपुर, जनकबहादुर शाही पाल्पा, प्रज्वल महर्जन पूर्वी नवलपरासी छन् ।

    त्यसैगरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयको इन्चार्ज पाउनेहरुमा सुशीलसिंह राठौर रामनगर चितवन, प्रवीण धिताल अत्तरिया, नान्तिराज गुरुङ पथलैया, गोविन्द अधिकारी तनहुँ छन् ।

    झापामा सरुवा भएका एसपी पोखरेल यसअघि इटहरी, पाल्पा लगायतका कार्यालयमा इन्चार्ज हुँदा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । विवादरहित भएकै उनलाई झापाको इन्चार्जका रुपमा गृहमन्त्रालयले पठाएको छ ।  

     पोखरेल सुरक्षा परिषद् कार्यालयबाट सरुवा भएर झापा आएका हुन् । यसअघिको केपी ओली सरकारको पालामा उनी पेलिएका प्रहरी अधिकृत हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार