Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • दलनिकट ट्रेड युनियन खारेज गरे आन्दोलन गर्ने युनियनहरुको चेतावनी


    बुधबार, असार १० २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा आधिकारिक ट्रेड युनियनको ब्यवस्था मात्र राखेपछि राजनीतिक दल निकट ट्रेड युनियनहरु आक्रोशित भएका छन् । राष्ट्रियस्तरका ट्रेड युनियनहरुले बिधेयकको उक्त ब्यवस्थाका बिरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

    राजनीतिक दल निकट कर्मचारीका चार वटा संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ट्रेड युनियनको अधिकार कुण्ठित गर्न खोजिएमा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।

    नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, नेपाल निजामती कर्मचारी युनियन(संघ)का अध्यक्ष गोपालप्रसाद पोखरेल र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले ९ वटा माग प्रस्तुत गरेका छन् । निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय निजामती कर्मचारी सगठन दुवै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट हुन् । निजामती कर्मचारी युनियन संघ नेपाली कांग्रेस निकट हो । मधेशी निजामती कर्मचारी मञ्च जनता समाजवादी पार्टी निकट हो ।

    ट्रेड युनियन अधिकार कुण्ठित गर्दै संघ संगठनको अस्तित्व नै समाप्त पार्नेगरी संघीय निजामती बिधेयक अगाडि बढाइएको आरोप उनीहरुले लगाएका छन् । यी चारै वटै संगठनले दल निकट ट्रेड युनियन खारेज नगर्न माग गरेका छन् । उनीहरुले विगतमा जस्तै राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था, ट्रेड युनियनहरुको सामुहिक सौदाबाजी र सामाजिक सम्वाद गर्न पाउने प्रावधानसहितको ट्रेड युनियन अधिकार यथावत् कायम गरी संघ, प्रदेश र स्थानीय तहबिच ट्रेड युनियनको अन्तर सम्बन्ध कायम हुने व्यवस्था गर्न माग गरेका छन् । तर सरकार दल निकट ट्रेड युनियनमात्र राख्ने पक्षमा अगाडि बढेको छ ।

    दलका भातृसंगठन जस्ता ट्रेड युनियन खोल्न छुट दिंदा निजामती कर्मचारीतन्त्रमा बिसंगति देखिएकाले सरकार आधिकारिक ट्रेड युनियनमात्र राख्ने निष्कर्षमा पुगेको हो । दलपिच्छे ट्रेड युनियन खोल्ने, ती कर्मचारी सधैं घुस खाने कार्यालयमा जाने, सरुवा गर्नै नहुने जस्ता विसंगति देखिएपछि सरकारले दलनिकट ट्रेड युनियन प्रतावित संघीय निजामती विधेयकमा राखेको छ । यस्तै विसंगति दृष्टान्त हो, नेकपाको एकता भएको २ बर्ष बढी भइसक्दा पनि विगतमा एमाले र माओवादी केन्द्र निकट कर्मचारी संगठन एकता नहुनु । यी दुवै संगठन अहिलेसम्म एक भएका छैनन् । र, सरुवा बढुवादेखि सबैतिर छुट्टै संगठनको नाममा सरुवादेखि सबै अवसरहरुको कोटा लिने गरेका छन् ।

    साथै चारवटै ट्रेड युनियनले निजामती सेवाका प्रत्येक श्रेणीगत पदपूर्ति गर्दा खुला, आन्तरिक प्रतियोगितात्मक प्रतिस्पर्धा र बढुवा प्रणाली सुनिश्चित गर्न उनीहरूले माग गरेका छन् ।

    निजामती सेवामा बहाल रहेको कर्मचारीलाई संघीय निजामती सेवाको पदमा प्रतिस्पर्धा गर्दा उमेरको हद नलाग्ने साबिकको व्यवस्था यथावत् राख्न, सरुवा सम्बन्धी व्यवस्था स्वचालित, चक्रीय र पूर्वानुमान योग्य बनाउन, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई निश्चित समयावधि पश्चात् प्रदेश वा संघमा सरुवा हुने व्यवस्था सुनिश्चित गर्ने माग पनि उनीहरुले राखेका छन् ।

    हेर्नुहोस् विज्ञप्ति

    nijamati.jpg

    निजामती कर्मचारी भन्नाले कर्मचारी समायोजन ऐन २०७५ अनुसार निजामतीबाट प्रदेश र स्थानीय तहमा समायोजन भएका र राष्ट्रिय निजामती कितावखानामा पददर्ता भई संकेत नम्बरप्राप्त सबै तहका कर्मचारीलाई जनाउनेछ भन्ने भन्ने ब्यवस्था ऐनमा कायम गर्न माग गरिएको छ । सेवाभित्रका सबै सेवामा कार्यरत कर्मचारीहरुको सेवागत बृत्तिविकासको सुनिश्चितता गर्न पनि माग गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार