Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिल्ला जिल्लाबाट एमाले छाड्ने क्रम जारी, पाल्पा एमालेका उपाध्यक्ष र युवासंंघका सचिवले राजीनामा दिए


    आइतबार, पुष २५ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बुटवल । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको गुटबन्दीको शिकार अहिले पनि एमालेपंक्ति भइरहेको छ । उनलाई भगवान मान्नेबाहेक अरुलाई एमालेमा निषेध गर्ने क्रम सौराहा महाधिवेशनदेखि जारी जिल्ला अधिवेशनसम्म पनि रोकिएको छैन । एमालेमा ओलीको एकाधिकारवादी सोच र अहंकारका कारण पार्टी निर्माण गर्ने शीर्षनेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहित अलग भइसकेका छन् । 

    एमालेमा ओलीलाई बा नभन्नेहरुमाथि अपमानको शृंखला जिल्ला अधिवेशनमा झन् बढी देखिएको छ । दसौं महाधिवेशन अघि जिल्ला अधिवेशन भएको भए धेरै ठूलो पंक्तिले बिद्र्रोह गर्नसक्ने भएकाले पछि गरिएको रहस्य खुलेको छ । सिन्धुपाल्चोकका एमाले नेता तथा पूर्वसांसद सुवास कर्मचार्य, सुनसरीका पूर्वसांसद धर्म निरौलाले एमालेभित्रको अपमान सहन नसकेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । 

    यसैक्रममा युवासंघका सचिव तथा अर्घाखाँचीका एमाले युवानेता गोविन्दप्रसाद भूसालले पार्टी छाडेका छन् । पार्टीभित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अबसरवाद, नाताबाद कृपावाद र नेतृत्वमा देखिएको निरंकुशता देखिएको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी एमाले परित्याग गरेको भूसालले बताएका छन् ।

    युवासंघ अर्घाखाँचीका इन्चार्ज समेत रहेका भूसालले नेकपा (एमाले) का वडा, नगर हुँदै हालै सम्पन्न राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिबेशनसम्म आइपुग्दा पार्टीभित्र चरम गुटबन्दी, ब्यक्तिगत मनोमानी, चरम अबसरवाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता जस्ता प्रवृत्तिबाट हामी जस्ता इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताहरु एमाले पार्टी र यसका जनबर्गिय सङठनहरुमा रहेको निरन्तर काम गर्न सक्ने अवस्था नदेखिएकाले उक्त पार्टीका सम्पूर्ण पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । 

    त्यसैगरी नेकपा एमाले पाल्पाका निवर्तमान उपाध्यक्ष मोहन थापा मगरले पनि एमालेबाट अलग भएकोे घोषणा गरेका छन् । नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका थापा मगरले अबको जीवन राजनीति नभई समाजिक रुपमा अगाडि बढ्ने बताएका छन् ।

    ‘२०४६ सालको जनआन्दोलनको सफलतासँगै पार्टी खुल्ला हुदै गर्दा मेरो खुला राजनीतिक जीवन ४२ बर्षपछि आज २०७८–०९–२५ गते आजकै मितिदेखि अलग रहने निर्णय गरेको छु । मैले मेरो राजनीतिक जीवनमा धेरै जनताको घर दैलो गरेको छु धेरैले मेरो बिश्वास र वचनलाई नकार्न नसकेर नेकपा (एमाले) लाई माया गर्नुभयो, सूर्य चिन्हमा मतदान गर्नुभया, मलाई यहाँसम्म आउँदा तपाईहरुले माया स्नेह प्रदान गर्नुभयो, यहाँहरुप्रति हृदयदेखि आभार ब्यक्त गर्दछ, अबको मेरो जीवन राजनीतिक नभई समाजिक रुपमा अगाडि बढ्दा जस्तोसुकै अफ्ट्यारो परिस्थिति आइपरे यहाँहरुको बीचमा रहिरहनेछु । बाँकी अधुरो काम सामाजिक क्षेत्रबाटै पूरा गर्ने वचनबद्धता व्यक्त गर्दछु । थापा मगरले लेखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार