Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिप दुर्घटनामा चालकको मृत्यु


    आइतबार, पुष २५ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँमा आइतबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका-१ तालघरेमा बिहान ३ बजे जिप दुर्घटना हुँदा म्याग्दे गाउँपालिका-६ का ५३ वर्षीय हरिबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए । 

    उनका अनुसार दमौलीबाट घासीकुँवातर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो । दुर्घटनामा घाइते थापालाई उपचारका लागि दमौली अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    ‘जिपले च्यापिएको अवस्थामा प्रहरीको टोली र स्थानीय मिलेर उद्धार गरेर दमौली अस्पताल ल्याएका थियौँ । अस्पतालले मृत घोषणा गरिदियो । मृतकको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ’, उनले भने । प्रहरीका अनुसार रित्तो जिपमा चालक मात्रै सवार थिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार